काठमाडौं– ललितपुरका थप दुई जनामा हैजा पुष्टि भएको छ । योसँगै देशभर हैजा सङ्क्रमित सङ्ख्या २५ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार २४ घण्टामा ललितपुरका दुई जनामा हैजा सङ्क्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकाका दुई जिल्ला काठमाडौंको टोखाका १ जनामा र ललितपुर जिल्लाको गोदावारी, ग्वार्को, इमाडोल लगायत विभिन्न स्थानका १६ जनामा हैजा सङ्क्रमण देखिएको ईडीसीडीले जनाएको छ ।
यस्तै, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाको ८ जनामा हैजा सङ्क्रमण पुष्टि भएको हो ।
पानीमा दिशाजन्य पदार्थको मिश्रण हुँदा मानिसमा हैजा देखिने गर्दछ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप