ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु, श्रीमान घाइते

  • २०८१ श्रावण १९, शनिबार (८ महिना अघि)
  • २२६ पटक पढिएको
ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु, श्रीमान घाइते

काठमाडौं– काठमाडौंको थापाथलीमा पानी ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको ज्यान गएको छ भने श्रीमान घाइते भएका छन् ।

Advertisement

माइतीघरबाट थापाथलीतर्फ गइरहेको मधेस प्रदेश ०१ ००१ क २५१९ नम्बरको ट्याङ्करले समान दिशातर्फ गुडिरहेको बा २८ प ४८६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडिको सिटमा बसेकी ६२ वर्षकी सरस्वती तुलाधरको ज्यान गएको हो ।

मोटरसाइकल चालक ६९ वर्षका ध्रुबराज तुलाधरको नर्भिक अस्पतालमा उपचार भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ठक्कर दिने ट्याङ्कर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट