कर्णालीका मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिने

  • २०८१ श्रावण १९, शनिबार (३ महिना अघि)
  • ११२ पटक पढिएको
कर्णालीका मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिने

काठमाडौं– कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिने भएका छन् । कँडेलले साउन २१ गते सोमबार संसद्बाट विश्वासको मत लिने भएका हुन् ।

Advertisement

त्यसका लागि उनले प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । कँडेलले शनिबार पत्र दर्ता गराएका हुन् ।

कँडेलले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिनेछन् । कँडेलले विश्वासको मत लिन लागेको यो दोस्रो पटक हो । पहिलोपटक उनले गत वैशाख १३ गते पहिलो पटक संसद्बाट विश्वासको मत पाएका थिए ।

तर केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीका नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छ । कँडेलले अब नेपाली कांग्रेसको समर्थनमा सरकार पुनर्गठन गर्ने तयारी गरेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट