एजेन्सी– अमेरिकाले लेवनानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छाड्न आग्रह गरेको छ । मध्यपूर्वमा बढिरहेको तनावकाबीच अमेरिकाले जुनसुकै प्रकारले उपलब्ध टिकट प्रयोग गरेर तत्काल लेवनान छाड्न आग्रह गरेको बीबीसीले जनाएको छ ।
यसअघि बेलायतले पनि लेवनानमा रहेका आफ्ना नागरिकलाई तत्काल बाहिरिन भनेको थियो । यस्तै जोर्डनले पनि आफ्ना नागरिकलाई लेवनान छाड्न भनेको छ । गएको बुधवार इरानमा प्यालेस्टिनी विद्रोही हमासका प्रमुख इस्माइल हानियाहको हत्या भएपछि इरानले इजरायलसँग बदला लिने धम्की दिएको छ ।
यसअघि इजरायलले बेरुतमा हिजबुल्लाह कमाण्डर फुआद शुक्रको पनि हत्या गरेको छ । यी घटनाले मध्यपूर्वमा तनाव बढेको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप