काठमाडौं– सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेस गरेका छन् ।
अस्ति शुक्रवार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले आज बेलुका ५ बजेसम्मको लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न समय दिएका छन् ।
केन्द्रमा भएको नयाँ सत्ता समिकरण र सहमति अनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाएका हुन् ।
नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने जनाएको छ । आजै मन्त्रीमण्डल बिस्तार गर्ने तयारी गरिएको छ । नागरिक उन्मुक्ति पार्टीले लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाउने भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप