काठमाडौं– पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै बाङ्गेमा सडक माथिबाट सुख्खा पहिरो खस्दा गुडिरहेको माइक्रो बसमा क्षति पुगेको छ भने १० जना घाइते भएका छन् ।
धादिङबाट काठमाडौं तर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको माइक्रो सडकको माथिबाट खसेको पहिरोमा परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम केसीले जानकारी दिएका छन् ।
माइक्रोमा सवार १० जना यात्रु सामान्य घाइते भएका छन् । उनीहरुको उद्धार गरी उपचारका लागि गजुरी अस्पताल पठाइएको छ ।
सुख्खा पहिरोका कारण अवरुद्ध बनेको राजमार्ग अहिले पहिरो पन्छाएर सुचारु भएको केसीले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप