अस्ट्रेलियाको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा धादिङका पारससहित ५ जना खेलाडी छनोट

  • २०८१ श्रावण २१, सोमबार (३ महिना अघि)
  • ७६१ पटक पढिएको
अस्ट्रेलियाको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा धादिङका पारससहित ५ जना खेलाडी छनोट

काठमाडौं– अस्ट्रेलियाको राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि धादिङका पारस सहित पाँच जना नेपाली खेलाडी छनोट भएका छन् । गत साता न्यू साउद वेल्स मा भएको प्रदेशस्तरीय प्रतियोगितामा नेपाली मुलका पाँच खेलाडीले पदकसमेत जितेका हुन् ।

Advertisement

पदक जित्नेमा तेक्वान्दोको पुम्सेतर्फ दोस्रो डान प्राप्त गरेका मनोज श्रेष्ठले स्वर्ण जितेका छन् । त्यसैगरी पुरुतर्फकै पारस भण्डारी र शिशिर श्रेष्ठले रजत पदक हाँसिल गरेका छन् । पारस धादिङ ज्वालामुखी ५ का हुन् । उनी ३ बर्स अघि अस्ट्रेलिया गएका थिए ।

यी खेलाडीले फरक तौल समूहको पुम्सेमा रजत जितेका छन् । महिलातर्फको खेलमा भने सन्जिला तिमल्सिनाले रजत पदक जितिन् । यसैगरी चन्दू शाहले कांस्य पदक आफ्नो नाम गरेकी छन् । यी सबै खेलाडी परम्परागत व्यक्तिगत पुम्सेमा सहभागी थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट