काठमाडौं– काभ्रेको धुलिखेल नगरपालिका–४ श्रीखण्डपुरमा ढलभित्र छिरेर बेपत्ता भएकी महिला मृत भेटिएकी छन् ।
मृत्यु हुनेमा रामेछापको खाँडादेवी गाउँपालिका–३ घर भई पनौती नगरपालिका–५ नैकिनटार बस्ने ५० वर्षीया भगवती भागदास रहेकी छन् ।
मंगलबार उनी ढलको मकलभित्र छिरेर बेपत्ता भएकी थिइन् । बाटो हिंड्दा वर्षाका कारण उनी ढलभित्र छिर्न पुगेकी थिइन् ।
खोजतलास गर्ने क्रममा साढे ११ बजे बगाएको ठाउँबाट अन्दाजी ३ सय मिटरजति तल खेतमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी राजकुमार श्रेष्ठले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप