काठमाडौं– भक्तपुरमा बाल्टिनमा डुबेर ११ महिने शिशुको ज्यान गएको छ ।
सूर्यविनायक नगरपालिका–१० चित्तापोलमा पानी भएको प्लास्टिकको बाल्टिनमा डुबेर सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ घर भई भक्तपुर बस्ने गीता बस्नेतको ११ महिने छोरी नेलिस्ताको ज्यान गएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
पानीमा डुबेकी शिशुको उपचारका क्रममा हिजो बेलुका भक्तपुरको ख्वप अस्पतालमा ज्यान गएको परिसरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए । खेल्ने क्रममा शिशु बाल्टिनमा डुबेकी प्रहरीको भनाइ छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप