काठमाडौं– काभा महिला भलिबल लिगको उपाधिका लागि आज नेपालले भारतसँग खेल्दैछन् ।
खेल काठमाडौंको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बेलुका पाँच बजे सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा इरानलाई हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
नेपालले इरानलाई ३–० को सोझो सेटमा हरायो । योसँगै नेपालले लिग चरणमा इरानसँग बेहोरेको हारको बदला लिएको छ । लिग चरणमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो । हिजो भएको पहिलो सेमिफाइनलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगेको थियो ।
अहिलेसम्म नेपालले महिला भलिबलमा एक पटक मात्र भारतलाई हराएको छ । गएको शनिवार भएको लिग चरणमा नेपालले भारतलाई ३–२ को सेटमा हराएर ऐतिहासिक उपलब्धि हासिल गरेको थियो ।
आजको फाइनल खेलमा भारतलाई हराउन सके नेपाली महिला फुटबल टोलीले अर्को इतिहास रच्नेछ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप