काठमाडौं– काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधिका लागि बुधबार नेपालले भारतसँग खेल्दैछ । उक्त फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हल जाने भएका छन् ।
प्रधानमन्त्री ओलीको सचिवालयलले जानकारी दिएअनुसार प्रधानमन्त्री सवा चार बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हल पुग्नेछन् । कभर्ड हलमा साँझ ५ बजे नेपाल र भारतबीच उपाधिका लागि भिडन्त हुनेछ ।
बुधबार सेमिफाइनलमा इरानलाई हराएर नेपाल फाइनल प्रवेश गरेको थियो । भारत श्रीलंकालाई हराउँदै फाइनलमा पुगेको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप