एजेन्सी– युद्धग्रस्त म्यानमारबाट भागेर बङ्गलादेश जाने क्रममा भएको डुङ्गा दुर्घटनामा परी ३४ जना रोहिङ्ग्या शरणार्थीको ज्यान गएको छ ।
बङ्गलादेशको नदीमा भएको दुर्घटनामा सुरूमा बालबालिकासहित १० जनाको शव तत्काल निकालिएको थियो । अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या ३४ पुगेको छ ।
उनीहरू म्यानमारको रखाइन राज्यको आफ्नै गाउँबाट भागेका र उनीहरू चढेको सानो पानीजहाज बङ्गलादेशको शाहपरी टापु नजिकै नाफ नदीमा डुबेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । डुङ्गामा म्यानमारबाट आएका मुस्लिम रोहिङ्ग्याहरू रहेका थिए ।
पछिल्लो केही सातामा म्यानमारको रखाइन राज्यमा भएको युद्धका कारण एक हजार जना रोहिङ्ग्या शरणार्थी बङ्गलादेशतर्फ भागेका छन् । बङ्गलादेशमा झन्डै १० जना लाख रोहिङ्ग्याले शरण लिएका छन् जसमध्ये धेरै सन् २०१७ मा सैन्य दमनपछि रखाइनबाट भागेका थिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप