काठमाडौं– काठमाडौं महानगरपालिका कार्यालय नजिक सडक भासिएको छ । महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो । यो सडकले दरबारमार्गलाई जोड्छ ।
दरबारमार्गको महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने टुकुचा खोलामाथिको सडक भासिँदा गएरातिदेखि आवागमन प्रभावित भएको महानगर प्रहरीले जनाएको छ ।
सडक विभागअन्तर्गत पर्ने भासिएको सडक यसअघि एकतर्फी सञ्चालन हुँदै आएको थियो । यसअघि पनि सडक भासिएको थियो । त्यति बेला अस्थायी रूपमा मर्मत गरिएको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप