पाँच जिल्लामा फैलियो हैजा, सङक्रमितको सङ्ख्या ४७ पुग्यो

  • २०८१ श्रावण २६, शनिबार (३ महिना अघि)
  • ११४ पटक पढिएको
पाँच जिल्लामा फैलियो हैजा, सङक्रमितको सङ्ख्या ४७ पुग्यो

काठमाडौं– पाँच वटा जिल्लामा हैजाको सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अहिलेसम्म ४७ जनामा हैजा देखिएको छ ।

Advertisement

यसअघि ललितपुर, काठमाडौं, कैलाली, प्युठानमा सङ्क्रमित भेटिएकोमा पछिल्लो पटक रुपन्देहीमा हैजाको सङ्क्रमण पुष्टि भएको हो ।

सबैभन्दा धेरै ललितपुरमा ३४ जनालाई हैजा देखिएको छ । यस्तै, कैलालीमा आठ जना, काठमाडौं र प्युठानमा समान दुई÷दुई जना र रुपन्देहीका एक जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको ईडीसीडीका निर्देशक डा.यदुचन्द्र घिमिरेले जानकारी दिए ।

हैजा ‘भिब्रियो कोलेरा’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो । हैजालगायत पानीजन्य रोगहरुबाट बच्न सुरक्षित पानी पिउन र सरसफाइमा ध्यान दिन डाक्टरको सुझाव छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट