नेप्से २८ सय ६० विन्दुमा, २५ अर्ब ७७ करोड रुपैयाँको कारोबार

  • २०८१ श्रावण २७, आईतबार (३ महिना अघि)
  • १५१ पटक पढिएको
नेप्से २८ सय ६० विन्दुमा, २५ अर्ब ७७ करोड रुपैयाँको कारोबार

काठमाडौं– सेयर बजारमा उच्च कारोबारको अर्को रेकर्ड बनेको छ । सेयर बजार परिसूचक नेप्से आज साढे ९४ अङ्कले बढेर २८ सय विन्दुभन्दा माथि पुग्दा झन्डै २६ अर्ब रुपैयाँको कारोबार भएको हो ।

Advertisement

आज ६ करोड तीन लाख २१ हजार कित्ता सेयर २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन रि–इन्सुरेन्स कम्पनीको एक अर्ब ५२ करोड र शिवम् सिमेन्टको एक अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ ।

उच्च कारोबारको रेकर्ड बनेको दिन नेप्से आज ९४ दशमलव ५३ अङ्कले बढेर दुई हजार आठ सय ६० दशमलव ९१ विन्दुमा पुगेको छ । नेप्से पछिल्लो साढे दुई वर्षयताकै उच्च विन्दुमा पुगेको छ ।

आज १४ वटा कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार हरियाली भएको दिन आज कुथेली बुखारी जलविद्युत् कम्पनीको सेयर भने १० प्रतिशतले घटेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट