काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन् ।
साउन २० मा मुख्यमन्त्री नियुक्त भएका शाहले प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै बुधबार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन आग्रह गरेका हुन् ।
सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिनेगरी पत्र पठाएको बताउँदै प्रदेश सभा सचिवालयले आवश्यक व्यवस्थापन गरिरहेको जानकारी दिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप