काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । जम्बो मन्त्रीमण्डलको चर्को आलोचनापछि मुख्यमन्त्री सिंहले ८ राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् ।
जेठ २५ मा मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री सिंहले चार दलबाट ८ राज्यमन्त्री नियुक्त गरेर मन्त्रीमण्डलको संख्या २० पु¥याएका थिए । जसको चौतर्फी आलोचना भएको थियो ।
जसपाले यसैलाई मुद्दा बनाउँदै आन्दोलन गरिरहेको थियो । बर्खास्त हुनेमा एमालेका ३, कांग्रेसका २, जनमतका २ र लोसपाका १ जना रहेका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप