|file photo
काठमाडौं – सुक्खा पहिरोले अवरुद्ध अरनिको राजमार्ग खुलेको छ । राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका ५५ किलोमा गएराति सुक्खा पहिरो गएको थियो ।
पहिरो हटाएपछि अवरुद्ध सडक खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । यो सडक खण्डमा पटक पटक सुक्खा पहिरो खस्ने गरेको छ ।
अरनिको राजमार्गको जिरोकिलो–दोलालघाट सडकखण्डमा यसअघि पनि पटक पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप