थामेमा दुईवटा हिमपोखरी फुटेर बाढी आएको पुष्टि

  • २०८१ भाद्र १, शनिबार (१ महिना अघि)
  • ८० पटक पढिएको
थामेमा दुईवटा हिमपोखरी फुटेर बाढी आएको पुष्टि

काठमाडौं– थामे गाउँ माथि रहेको दुईवटा पोखरी फुटेर थामे खोला र दुधकोशी नदीमा पानीको बहाब बढेर आएको पुष्टि भएको छ । शुक्रबार करिब दुई बजेको समयमा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे स्थित थामे खोलामा पानीको बहाव बढेको थियो ।

Advertisement

जल तथा मौसम विज्ञान विभागको अध्ययन टोलीका अनुसार अझै २ वटा पोखरी उच्च जोखिममा रहेको छ । यसले दुधकोशी नदी तटीय क्षेत्रमा जोखिम कायम रहेकाले सचेत रहन अनुरोधसमेत गरिएको छ ।

विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको कारण वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालहरू मध्य कुनै हिमताल विस्फोट भएको हुन सक्ने जनाएको थियो ।

थामे खोलामा एक्कासी बाढी आएको घट्नाको प्रारम्भिक अध्ययन गर्दा थामे खोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा साना ठुला गरी ६ वटा हिमताल तथा हिमपोखरीहरू रहेको विज्ञप्तिमा उल्लेख थियो ।

यस्तै उक्त क्षेत्रको नजिक रहेको फोर्त्से केन्द्रमा विगत ७ दिनमा कुल ६५ मिमि वर्षा मापन भएको र साउन २५ गतेदेखि दैनिक औसत तापक्रममा क्रमिक वृद्धि भएको पाइएको विज्ञप्तिमा उल्लेख छ । तापक्रम बढ्दै जाँदा साउन ३१ गतेको अधिकतम तापक्रम १५.९ डिग्री सेल्सियस पुगेको विभागको भनाइ छ ।

अहिले पानीको बहाव घट्दै गएता पनि कटानको कारण माथिल्लो तटिय क्षेत्रमा जोखिम रहेको र तल्लो तटिय क्षेत्रमा कटानको कारण जिल्ला सोलुखुम्बु माप्य दुधकोशी गापा–६ बोदेबहर बलेखा बस्ने ५ घरका मानिसहरुलाई नेपाल प्रहरीले सुरक्षित स्थान तर्फ सारेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट