परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

  • २०८१ भाद्र २, आईतबार (१ महिना अघि)
  • ७७ पटक पढिएको
परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

काठमाडौं– परराष्ट्र मन्त्री आरजु राणा आइतबार भारत प्रस्थान गरेकी छन् । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि उनी आज बिहान साढे ११ बजे नयाँ दिल्ली प्रस्थान गरेकी हुन् ।

Advertisement

परराष्ट्र मन्त्री नियुक्त भएपछिको उनको यो पहिलो विदेश भ्रमण हो । भ्रमणका क्रममा उनले भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ ।

परराष्ट्रमन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्कनेछिन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट