काठमाडौं– बागमती प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिएको छ ।
साउन ३२ गतेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार भदौ ४ गते मंगलबार गाईजात्राका दिन सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका सूचना अधिकारी रबिता कार्कीका अनुसार भदौ ४ गते मंगलबारका दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप