वडा अध्यक्ष अक्षयकोषबाट गरिब बालबालिकालाई शैक्षिक सामाग्री

  • २०८१ भाद्र २, आईतबार (१ महिना अघि)
  • १७९ पटक पढिएको
वडा अध्यक्ष अक्षयकोषबाट गरिब बालबालिकालाई शैक्षिक सामाग्री

काठमाडौं- धादिङको नीलकण्ठ नगरपालिका– ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठको पहलमा गठित वडा अध्यक्ष अक्षयकोषले गरिब तथा जेहेन्दार बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । नगरपालिका भित्रका विद्यालयहरुमा अध्ययनरत अति विपन्न तथा गरिव ४७ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

Advertisement

निर्वाचनमा होमिएको समयमा गरेका प्रतिवद्धता अनुसार वडा अध्यक्ष अक्षयकोष निर्माण गरी किताब, कापी, झोला, जुत्ता, विद्यालय पोशाक लगायतका शैक्षिक सामाग्री वितरण गरिएको नीलकण्ठ नगरपालिकाका– ३ वडा अध्यक्ष एवम् अक्षयकोषका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । ‘कापी, कलम, झोला, विद्यालय पोशाक लगायतका शैक्षिक सामाग्री अभावका कारण पढ्नका लागि समस्या भोग्दै आएका बालबालिकालाई आवश्यक सामाग्री वितरण गरिएको हो । मेलै पाउने तलव भत्ताले संकलन भएको अक्षयकोषबाट शिक्षा, स्वास्थ्य, खेलकुद लगायत अन्य सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छु । म अध्यक्ष पदमा हुन्जेल मात्र होइन, निरन्तर रुपमा यस्ता सामाजिक कार्य गरिरहनेछु ।’

दुई लाख ९५ हजार ४६३ रुपियाँ बराबरको शैक्षिक सामाग्री वितरण गरिएको अध्यक्ष श्रेष्ठले बताए । अक्षयकोषको मुद्धती खातामा छ लाख ९० हजार र बचत खातामा एक लाख ७४ हजार रुपियाँ रहेको उनले बताए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट