भदौ ३ गतेबाट लाखे जात्रा शुरु, धादिङमा भव्य तयारी

  • २०८१ भाद्र २, आईतबार (१ महिना अघि)
  • १५५ पटक पढिएको
भदौ ३ गतेबाट लाखे जात्रा शुरु, धादिङमा भव्य तयारी

धादिङ– जिल्लाको सदरमुकाम धादिङबेशीमा भदौ ३ गते सोमबारदेखि लाखे जात्रा शुरु हुने भएको छ । जनै पुर्णिमाको दिन अर्थात् सोमबारदेखि शुरु हुने लाखे जात्राको सम्पूर्ण तयारी सकिएको झिंगु नेवाः समाज धादिङले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

Advertisement

धादिङबेशीको विचवजारमा रहेको गणेश मन्दिरबाट जात्राको शुभारम्भ गरिने झिंगु नेवाः समाज धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । ‘नेवार समुदायको प्रमुख चार्डहरु मध्ये लाखे जात्रा पनि एक हो । जात्रालाई भव्य रुपमा सम्पन्न गर्न विभिन्न उपसमिति बताएर तयारी गरेका छौं । हरेक वर्ष झै यस वर्ष पनि जात्रा भव्य हुने अपेक्षा छ’ उनले भने ।
नेवार समुदायको आफ्नै बाजा बजाई परम्परागत शैलीमा लाखे जात्राको सुरुवात गरिने श्रेष्ठले बताए । नेवार समदुायको कला, सस्कृति, परम्परा र पहिचानसँग जोडिएको जात्रामा अवलोकन गर्न सबै जात जाति र समुदायलाई उनले आग्रह गरे ।

शिक्षाविद् एवम् नेवार समुदायका अग्रज भुपेन्द्र कुमार श्रेष्ठले लाखे जात्राको इतिहासका विषयमा प्रष्ट पारे । ‘राजा गुणकाम देवको पाला देखि लाखे जात्रा सुरु गरिएको भएता पनि राजा प्रताप मल्लको पाला देखि राक्षसको स्वरुपमा मुकुट लगाई कालिकाको वस्त्र धारण गरि लाखे नाँँच नाच्ने गरिएको पाइन्छ । काठमाण्डौं उपत्यकाबाट सुरु भएको यो जात्रा नेपाल अधिराज्यभर नेवार वस्तीहरुमा हुने गरेको छ । विभिन्न पर्वहरुमा मात्र नभएर मेला महोत्सवहरुमा समेत आफ्नो जातिय पहिचान झल्कने भेष भुषा सहित सहभागी हुने गरेको छ’ उनले भने– ‘विशेष गरि लाखे नाँच हरेक वर्ष रक्षावन्धनको दिन देखि सुरु भई गाइजात्रा, रोपाई जात्रा, श्री कृष्ण रथ यात्रा सकेर तिज पर्वको भोलिपल्ट चतुर्थी (चौथी) को दिनमा भगवान श्री कृष्णको भेषमा सजिएका काल्पनिक कृष्णद्वारा लाखेलाई खड्गले शिर छेदन गरेर मार्ने गरिन्छ । लाखे मारे पछि यस वर्षको जात्रा समापन भएको मानिन्छ । वि स २०६२ सालमा नेवार समुदायको आधिकारीक जिल्ला स्तरीय संस्था झिंगु नेवाः समाज, धादिङ स्थापना भएपछि सोहि संस्थाको पहलमा विभिन्न स्थानहरुमा लाखे जात्रा सञ्चालन हुदैं आएको छ ।
भाद्र ४ गते गाइजात्राको अवसरमा विहान साढे ७ बजे यस वर्ष मृत्यु भएका ६ जना नेवार समुदायका मृतकको फोटो सहित गाई निकालिनेछ । दिउँसो २ बजे देखि मृतक परिवारको घरसम्म लाखे सहित गाई जात्रा परिक्रमा गरिनेछ । त्यसैगरी, भाद्र ५ गते हिले जात्राको दिन दिउँसो २ बजे देखि धादिङ बेसी बिचबजार क्याम्पस चोक देखि साघुटार पुल्चोकसम्म खेत रोपाइको अभिनय गर्दै लाखे सहित परिक्रम गरिने, भाद्र ११ गते दिउँसो २ बजे देखि सुगमटोल स्थित श्री राधाकृष्ण मन्दिरबाट भगवान श्री कृष्णको रथ यात्रा निकाली लाखे सहित बजार परिक्रमा गरिनेछ ।

भाद्र २१ गते हरितालिका तिजको अवसरमा धादिङबेसी बिच बजार चोकमा लाखे नाँच नचाइने र भाद्र २२ गते विहान साढे ७ बजे बिचबजार चोक स्थित गणेश मन्दिर अगाडी लाखे जात्रा विधिवत रुपमा यो वर्षको लागि समापन गरिने आयोजकले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट