बझाङमा पहिरोमा परेर एकै परिवारका ४ जनाको मृत्यु

  • २०८१ भाद्र ३, सोमबार (१ महिना अघि)
  • ४९ पटक पढिएको
बझाङमा पहिरोमा परेर एकै परिवारका ४ जनाको मृत्यु

काठमाडौं– बझाङमा पहिरोमा परेर एकै परिवारका चार जनाको मृत्यु भएको छ । ६ जनाले भागेर ज्यान बचाएका छन् ।

Advertisement

गएराति बुङ्गल नगरपालिका– १० टुमेडाका बीरबहादुर धामीको घर पहिरोले पुरिँदा उनकी श्रीमती ५५ वर्षीया काली धामी, बुहारी २५ वर्षीया गोल्की धामी तथा नातिनीहरु ६ वर्षकी आकृती र तीन वर्षकी लक्ष्मीको ज्यान गएको सुदूरपश्चिम प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक डिल्ली विष्टले जानकारी दिए ।

उनका अनुसार गएराति १ बजेतिर झरेको पहिरोले घर पुरेको हो । पहिरो घरमा खस्दा परिवारका नौ जना र एक जना पाहुना समेत १० जना रहेकामा ६ जनाले भागेर ज्यान बचाएका छन ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट