कर्णाली प्रदेशमा आइतबार बिहानदेखि बिजुली अवरुद्ध

  • २०८१ भाद्र ३, सोमबार (१ महिना अघि)
  • ४६ पटक पढिएको
कर्णाली प्रदेशमा आइतबार बिहानदेखि बिजुली अवरुद्ध

काठमाडौं – कर्णाली प्रदेशमा हिजो बिहानदेखि बिजुली अवरुद्ध भएको छ । कोहलपुर–सुर्खेत प्रसारण लाइनको बबई नदी नजिकै निकुञ्ज क्षेत्रभित्र तार चुँडिएर बिजुली अवरुद्ध भएको हो ।

Advertisement

मर्मतको काम भइरहेको र मर्मत सकिनासाथ बिद्युत सेवा सञ्चालन हुने विद्युत प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालय प्रमुख शम्भु कुसयद यादवले बताए ।

विद्युत सेवा अवरुद्ध भएपछि कर्णाली प्रदेश क्षेत्रका टेलिफोन टावर, एफ एम रेडियो, पत्र पत्रिका तथा दैनिक सञ्चारका साधनहरु बन्द हुन थालेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट