भारतले नेपालबाट थप २ सय ५१ मेगावाट बिजुली किन्ने

  • २०८१ भाद्र ३, सोमबार (१ महिना अघि)
  • ७२ पटक पढिएको
भारतले नेपालबाट थप २ सय ५१ मेगावाट बिजुली किन्ने

काठमाडौं– भारतले नेपालबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ । भारतले थप १२ वटा जलविद्युत् परियोजनाबाट २ सय ५१ मेगावाट बिजुली आयातको प्रस्ताव स्वीकृत गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यस्तै नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौतामार्फत बिजुली निर्यात गर्ने भएको छ ।

Advertisement

यसअघि भारतले ६ सय ९० मेगावाट बिजुली खरिदको स्वीकृति दिएकोमा अहिले २ सय ५१ मेगावाट थपेर कुल २८ वटा परियोजनाबाट ९ सय ४१ मेगावाट बिजुली किन्ने भएको हो । यो २ सय ५१ मेगावाट स्वीकृत हुनुअघि नै गएको आर्थिक वर्षमा १६ अर्ब ९३ अर्ब रुपैयाँ बराबरको बिजुली बिक्री गरी नेपाल खुद विद्युत् निर्यातकर्ता बनिसकेको छ ।

सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट भारततर्फ ३९ मेगावाट बिजुली निर्यातका लागि अनुमति दिएको थियो ।
नेपाल विद्युत् प्राधिकरणले हरियाणा र बिहारसँग मध्यकालीन विद्युत् बिक्री सम्झौता पनि गरेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट