पहिरोले कालीगण्डकी करिडोर र बेनी–दरबाङ सडक अवरुद्ध

  • २०८१ भाद्र ४, मंगलबार (१ महिना अघि)
  • ६३ पटक पढिएको
पहिरोले कालीगण्डकी करिडोर र बेनी–दरबाङ सडक अवरुद्ध

काठमाडौं– पहिरोका कारण कालीगण्डकी करिडोर र बेनी–दरबाङ सडक अवरुद्ध भएका छन् । बर्दघाट सुस्तापूर्व नवलपुरमा कालीगण्डकी करिडोर अवरुद्ध छ । बौदिकाली गाउँपालिका–३ जन्तीपहिरोमा गएराति पहिरो खसेपछि करिडोर पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।

Advertisement

जन्तीपहिरोमा लेदोसहित पहिरो खसेको छ । तत्काल पहिरो हटाउन सक्ने अवस्था नरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । सडक अवरुद्ध हुँदा नारायणगढ–गैँडाकोट हुँदै नवलपरासी पूर्वका पहाडी क्षेत्र तथा पाल्पा, स्याङ्जाका लागि चल्ने गाडी चल्न सकेका छैनन् ।

यस्तै म्याग्दीको बेनी–दरबाङ सडक पनि अवरुद्ध छ । म्याग्दीको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमाना फापरखेतमा पहिरो खस्दा सडकखण्ड अवरुद्ध भएको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट