महिला टी –२० विश्वकप यूएईमा हुने

  • २०८१ भाद्र ५, बुधबार (१ महिना अघि)
  • ५१ पटक पढिएको
महिला टी –२० विश्वकप यूएईमा हुने

काठमाडौं– महिला टी ट्वान्टी विश्वकप २०२४ संयुक्त अरब इमिरेट्स यूएईमा हुने भएको छ ।

Advertisement

असुरक्षा लगायतको कारण देखाउँदै बङ्गलादेशबाट विश्वकप यूएई सारिएको हो । बङ्गलादेशमा भएको आन्दोलनपछि आइसीसीले कार्यक्रम स्थल परिवर्तन गरेको हो ।

बङ्गलादेश सरकारले विश्वकप आयोजना गर्न अन्तिम समयसम्म प्रयास गरेको जनाएको थियो । तर, अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड र बेलायत लगायत देशले आफ्ना नागरिकलाई बङ्गलादेश जान रोक लगाएको छ ।

बीसीसीआईले विश्वकप आयोजनाका लागि आइसीसीको प्रस्ताव अस्वीकार गरेपछि यूएई, श्रीलङ्का र जिम्बाब्वे विश्वकप आयोजनाका लागि विकल्पका रुपमा रहेका थिए ।

यूएईले यसअघि सन् २०२१ को पुरुष टी –२० विश्वकप ओमानसँगै आयोजना गरेको थियो । १० टोलीको सहभागिता रहेको प्रतियोगिता अक्टोबर ३ देखि अक्टोबर २० सम्म सञ्चालन हुनेछ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट