पहिरो खस्दा नागढुङ्गा–नौबिसे सडक खण्ड अवरुद्ध

  • २०८१ भाद्र ५, बुधबार (४ हप्ता अघि)
  • २६१ पटक पढिएको
पहिरो खस्दा नागढुङ्गा–नौबिसे सडक खण्ड अवरुद्ध

काठमाडौं– काठमाडौं भित्रिने प्रमुख राजमार्ग नागढुङ्गा नजिक पहिरो जाँदा नागढुङ्गा–नौबिसे सडक खण्ड दुईतर्फी आवतजावत बन्द भएको छ । नागढुङ्गाबाट झन्डै दुई सय मिटर धादिङतर्फ पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

Advertisement

अहिले पनि पहिरोमा ढुङ्गा खस्ने क्रम चलिरहेकोले सडक खुलाउन समस्या भएको प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरीक्षक हेमराज थपलियाले बताए ।

सडक अवरुद्ध भएपछि दुवैतर्फ अहिले गाडीको लामो लाइन लागेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट