टीआरसी विधेयक राष्ट्रियसभाबाट पारित

  • २०८१ भाद्र ६, बिहिबार (४ हप्ता अघि)
  • ५३ पटक पढिएको
टीआरसी विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौं – सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक राष्ट्रियसभाबाट पारित भएको छ ।

Advertisement

आज बसेको राष्ट्रिय सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नुभएको थियो ।

प्रस्ताव राष्ट्रियसभाले सर्वसम्मत रूपमा पारित गरेको हो । यो विधेयक प्रतिनिधिसभाबाट गएको साउन ३० गते पारित भएको थियो ।

प्रतिनिधिसभामा उत्पत्ति भएको यो विधेयक अब सभामुख देवराज घिमिरेबाट प्रमाणित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष जानेछ । राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै यो ऐन कार्यान्यवनमा आउनेछ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट