काठमाडौं– भारतको उत्तरखण्ड राज्यको केदारनाथ नजिकै चार नेपाली मजदुरको मृत्यु भएको छ ।
बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो । मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।
मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको जिल्ला विपद् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारले बताए । उनीहरुको नेपालको ठेगाना भने खुलाइएको छैन ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप