बङ्गलादेशको अन्तरिम सरकारद्वारा पूर्वप्रधानमन्त्री हसिनाको कूटनीतिक राहदानी खारेज

  • २०८१ भाद्र ७, शुक्रबार (२ महिना अघि)
  • ८० पटक पढिएको
बङ्गलादेशको अन्तरिम सरकारद्वारा पूर्वप्रधानमन्त्री हसिनाको कूटनीतिक राहदानी खारेज

काठमाडौं– बङ्गलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी खारेज गरेको छ ।

Advertisement

बङ्गलादेशको गृह मन्त्रालयले एक अधिसूचना जारी गर्दै पूर्वप्रधानमन्त्री शेख हसिना, उनका सल्लाहकारहरू, पूर्वमन्त्रिपरिषद्का सदस्यहरू र विघटित राष्ट्रिय संसद्का सबै सदस्यहरूलाई आफ्नो कूटनीतिक राहदानी बुझाउन निर्देशन दिएको अन्तर्राष्ट्रिय समाचार संस्था एफीएफले जनाएको छ । मन्त्रालयले उनीहरूको परिवारका सदस्यहरूलाई पनि अधिसूचना जारी गरेको छ ।

यसले हसिनालाई शरण दिइरहेको क्षेत्रीय शक्तिराष्ट्र भारतका लागि पनि कूटनीतिक दुविधा सिर्जना गरेको खबरमा उल्लेख छ । भारतले हसिनालाई शरण दिए पनि प्रधानमन्त्री मोदीले बङ्गलादेशको अन्तरिम सरकारका प्रधानमन्त्री मोहम्मद युनुसलाई पनि समर्थन गरेका छन् ।

कूटनीतिक राहदानी धेरै देशहरूमा भिसारहित प्रवेश वा भिसा अनअराइभल जस्ता विशेषाधिकारहरूसँग आउँछन् । यो राहदानी बोक्नेहरूले अन्तर्राष्ट्रिय यात्राहरूमा सहजै पहुँच पाउँछन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट