क्रसरले खनेको खाल्डोमा डुबेर एक किशोरको मृत्यु

  • २०८१ भाद्र ९, आईतबार (३ हप्ता अघि)
  • ४३ पटक पढिएको
क्रसरले खनेको खाल्डोमा डुबेर एक किशोरको मृत्यु

काठमाडौं– सर्लाहीको फुलजोर खोलाको किनारमा क्रसरले खनेको खाल्डोमा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–४, सागरनाथका १७ वर्षीय निशान्त थापामगर छन् ।

Advertisement

सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार शनिबार दिउँसो निशान्त साथीहरुसित पौडी खेल्न गएका थिए । इश्वरपुर नगरपालिका ५ फुलजोर खोलाको पूर्वी किनारमा स्थानीय मंगल महतोको जग्गामा क्रसरले खनेको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर उनको ज्यान गएको हो ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट