काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । ११ भदौमा बस्ने भएको छ ।
भदौ ११ गते बिहान ८ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बोलाइएको बैठकमा छलफलका लागि पाँच एजेण्डा तय गरिएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
झाका अनुसार समसामयिक गतिविधि, राष्ट्रिय भेला, अनुशासनात्मक कारबाही, स्थानीय तहमा छाया सरकार आदि छलफलका एजेण्डा छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप