भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल साफ यू–२० च्याम्पियनसिपको फाइनलमा

  • २०८१ भाद्र ९, आईतबार (३ हप्ता अघि)
  • ११७ पटक पढिएको
भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल साफ यू–२० च्याम्पियनसिपको फाइनलमा

काठमाडौं– भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल २० वर्षमुनिको साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

Advertisement

लतिपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको पहिलो सेमिफाइनलमा नेपालले भुटानलाई पेनाल्टी सुटआउटमा ४–१ ले हरायो ।

निर्धारित ९० मिनेटको समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । पेनाल्टी सुटआउटमा नेपालका गोलकीपर जियारथ शेखले भुटानका दुई जना खेलाडीको पेनाल्टी बचाए । यस्तै नेपालका राम थापा, अबिनाश स्याङ्गतान, सिमान्त थापा र जियारथ शेखले गोल गरे ।

यसअघि खेलको ५६ औं मिनेटमा भुटानका जितसुनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर खेलको ७८ औं मिनेटमा नेपालका निराजन धामीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि भारत र बङ्गलादेश खेल्दैछन् । फाइनल खेल आउँदो बुधवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट