बागमती नदीमा सतर्कता तह पार

  • २०८१ भाद्र १०, सोमबार (३ हप्ता अघि)
  • ४४ पटक पढिएको
बागमती नदीमा सतर्कता तह पार

काठमाडौं– काठमाडौंको गौरीघाट जलमापन केन्द्रमा बागमती नदीले सर्तकता तह पार गरेको छ ।

Advertisement

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै पानीको मात्रा बढिरहेकाले बागमती–मनोहरा दोभानसम्मको तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरेको छ । आज दिउँसोदेखि काठमाडौं उपत्यकाको आसपास क्षेत्रमा ठूलो वर्षा भएको छ ।

यस्तै पछिल्लो एक घण्टामा गोरखाको बारपाक आसपास क्षेत्रमा मध्यम वर्षा भएको र थप वर्षा हुने अनुमान रहेको उल्लेख गर्दै महाशाखाले बूढीगण्डकी र दरौँदी नदीलगायत आसापासका खोलामा बहाव बढ्न सक्ने चेतावनी दिएको छ ।

पछिल्लो तीन घण्टामा सिन्धुपाल्चोकको ढुङ्ग्रे, गोब्रे र आसपासका क्षेत्रमा मध्यम वर्षा भएको छ । मेलम्ची, इन्द्रावती र अन्य साना नदीमा जल सतह बढ्न सक्ने तथा भीरालो क्षेत्रमा पहिरो आउन सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट