काठमाडौं– खोटाङमा पोखरीमा डुबेर एकै घरका दुई बालबालिकाको ज्यान गएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका गयन्द्र राई र ममता राईका ६ वर्षका छोरा सङ्गम राई र साढे २ वर्षकी छोरी समृद्धि राईको सिँचाइ पोखरीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
बालक दाजु बहिनी सोमबार दिउँसो २ बजे घरबाट हराएका थिए । आमा ममताले खोज्दै जाँदा बेलुका ६ बजेतिर पोखरीमा डुबिरहेको अवस्थामा उनीहरुलाई भेटेकी थिइन् ।
उनीहरुको घरमा ल्याउने बित्तिकै ज्यान गएको डिएसपी पुरुषोत्तम खड्काले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप