यी ३ प्रदेशमा आज ठूलो वर्षाको सम्भावना

  • २०८१ भाद्र ११, मंगलबार (२ महिना अघि)
  • ७२ पटक पढिएको
यी ३ प्रदेशमा आज ठूलो वर्षाको सम्भावना

काठामाडौं – देशभर मनसुनी वायुको प्रभाव रहेकोले केही ठाउँमा हल्का पानी परिरहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ ।

Advertisement

आज कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँहरुमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा जनाएको छ ।

आज दिउँसो कोशी, बागमती र लुम्बिनी प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट