त्रिभुवन विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

  • २०८१ भाद्र ११, मंगलबार (३ हप्ता अघि)
  • ५५ पटक पढिएको
त्रिभुवन विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

काठमाडौं– अवैध रूपमा सङ्कलन गरी लैजान लागेको सुन जस्तो देखिने पहेँलो धातु करिब ८१ ग्राम सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेहरूमा नवलपरासी बर्दघाट नगरपालिका–४ घर भएका २७ वर्षीय प्रशान्त गैरे र सप्तरी सुरूङ्गा नगरपालिका–३ घर भएका ४१ वर्षीय सन्तोष कुमार कुवर रहेका छन् । हिमालयन एयरलाइन्सको उडानद्वारा कतारबाट काठमाडौं आएका प्रशान्तबाट सन्तोषले अवैध रूपमा सङ्कलन गरी लैजान लागेको उक्त धातु फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट