प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भदौ १६ देखि हुने

  • २०८१ भाद्र ११, मंगलबार (३ हप्ता अघि)
  • ४८ पटक पढिएको
प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भदौ १६ देखि हुने

काठमाडौं– संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको सुनुवाइ भदौ १६ देखि गर्ने भएको छ ।

Advertisement

मंगलबार बसेको समितिको बैठकले प्राप्त उजुरीहरु सांसदहरुलाई वितरण गरेको छ । यी उजुरीहरुमाथि सांसदहरुले अध्ययन गरेपछि भदौ १४ मा उजुरीकर्ताहरुलाई उजुरीको कारण र आधारबारे सोधपुछका लागि बोलाउने निर्णय गरेको समितिको सचिवालयले जनाएको छ ।

उजुरीकर्तासँग छलफल सकिएपछि भदौ १६ देखि प्रस्तावित राजदूतहरुको सुनुवाइ सुरु हुनेछ । भदौ २३ सम्म प्रस्तावित राजदूतहरुको सुनुवाइ सकेर भदौ २४ मा निर्णय सुनाउने कार्यतालिका सुनुवाइ समितिले सार्वजनिक गरेको छ ।

१७ जना प्रस्तावित राजदूतविरुद्ध ९ वटा उजुरी परेको छ । तीन वटा उजुरी समावेशी सिद्धान्त अनुसार नभएको भनेर परेका छन् छन् चार वटा उजुरी व्यक्ति केन्द्रित रहेका छन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट