एजेन्सी– नाइजेरियामा बाढीका कारण कम्तीमा १७० जनाको मृत्यु भएको छ । हप्तौँदेखिको बाढीका कारण २ लाख जना भन्दा धेरै विस्थापित भएका छन् ।
हालैको बाढीका कारण झन्डै २ हजार मानिस घाइते भएका छन् । १ लाख हेक्टर खेतीयोग्य जमिन ध्वस्त भएको नाइजेरियाको विपद् व्यवस्थापन एजेन्सीको तथ्याङ्कले देखाएको छ ।
बाढीले उत्तरी नाइजेरियामा वितण्डा मच्चाएको राष्ट्रिय आपत्काल व्यवस्थापन प्राधिकरण (नेमा)का प्रवक्ता मान्जो इजेकेइलले मंगलबार भनेका छन् ।
मुसलधारे वर्षा र देशका दुई ठुलो नदी नाइजर र बेन्यूमा पानीको स्तर बढेकोले देशको अन्य क्षेत्र पनि जोखिममै भएको उनले बताएका छन् । आगामी दिनमा मध्य नाइजेरिमा पनि यस्तै खालको बाढी आउन सक्ने बताइएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप