काठमाडौं– रेडपाण्डा संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ताप्लेजुङमा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ ।
हिमाली संरक्षण मञ्चको संयोजनमा आउँदो असोज ५ गते रेडपाण्डा दिवसका अवसरमा आयोजना हुने प्रतियोगिताका सहभागीले ४८ किलोमिटर दुरी पूरा गर्नुपर्ने हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । म्याराथनको मार्ग रेडपाण्डाको मुख्य बासस्थान पाथीभरा क्षेत्रमा तय गरिएको छ ।
फुङ्लिङ बजारबाट तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको पाथीभरा पूजाधामसम्मको २४ किलोमिटर उकालो र त्यहाँबाट पुन ः फुङ्लिङ बजारसम्म २४ किलोमिटर ओर्लेर ४८ किमीको दुरी पूरा हुनेछ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप