नेपाललाई हराउँदै २० वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि बङ्गलादेशले जित्यो

  • २०८१ भाद्र १२, बुधबार (३ हप्ता अघि)
  • ७२ पटक पढिएको
नेपाललाई हराउँदै २० वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि बङ्गलादेशले जित्यो

काठमाडौं– घरेलु टोली नेपाललाई हराउँदै बङ्गलादेशले २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।

Advertisement

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको फाइनलमा बङ्गलादेशले नेपाललाई ४–१ गोलले हरायो । पहिलो हाफमा एक गोल गरेको बङ्गलादेशले दोस्रो हाफमा दुई गोल थप्यो ।

बङ्गलादेशका लागि खेलको पहिलो हाफको इन्ज्युरी समयमा इस्लामले गोल गरे । यस्तै खेलको ५४औं मिनेटमा गोयरी, ७० औं मिनेटमा राबी र इन्ज्युरी समयमा पिआसले गोल गरे । नेपालका लागि खेलको ८१औं मिनेटमा समिर तामाङले एक गोल फर्काए ।

बङ्गलादेशले पहिलो पटक साफको उमेर समूहको उपाधि जितेको हो । यसअघि तीन पटकसम्म फाइनलमा पुगेको बङ्गलादेश उपाधिविहीन थियो । यस्तै नेपालले सन् २०१५ र २०१७ गरी उपाधि जितेको थियो ।

पहिलो सेमिफाइनलमा नेपालले पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ ले हराएर र दोस्रो सेमिफाइनलमा बङ्गलादेशले पेनाल्टीमा भारतलाई ४–३ ले हराउँदै फाइनलमा पुगेका थिए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट