पोलियो विरुद्धको खोपका लागि गाजामा युद्ध रोक्न इजरायल सहमत

  • २०८१ भाद्र १४, शुक्रबार (३ हप्ता अघि)
  • ४५ पटक पढिएको
पोलियो विरुद्धको खोपका लागि गाजामा युद्ध रोक्न इजरायल सहमत

एजेन्सी– गाजामा बालबालिकालाई पोलियो विरुद्धको खोप लगाउने प्रयोजनका लागि इजरायल युद्ध रोक्न सहमत भएको छ ।

Advertisement

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले इजरायलले गाजामा बालबालिकालाई पोलियो विरुद्धको खोप लगाउन युद्धविराम गर्न र अन्य मानवीय सहायताका लागि सहमत भएको जनाएको हो ।

गाजा पट्टीमा सञ्चालन हुने यस खोप अभियानमा ६ लाख ४० हजार बालबालिकालाई खोप लगाइने डब्ल्यूएचओका वरिष्ठ अधिकारी रिक पेपरकर्नलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । पर्सि आइतवारदेखि सुरु हुने खोप अभियान ३ दिनसम्म चल्ने छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट