पेरिस पारा ओलम्पिकमा नेपालकी पलेशा क्वार्टरफाइनलमा प्रवेश

  • २०८१ भाद्र १४, शुक्रबार (२ महिना अघि)
  • १५६ पटक पढिएको
पेरिस पारा ओलम्पिकमा नेपालकी पलेशा क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं– पेरिस पारा ओलम्पिक २०२४ मा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धन क्वार्टरफाइनमा प्रवेश गरेकी छन् ।

Advertisement

पेरिसको ग्रान्ड प्यालेसमा आज भएको तेक्वान्दोको के–४४ विधाअन्तर्गत महिला ५७ केजीमुनि तौल समूहको अन्तिम–१६ मा पलेशाले भियतनामकी मोरालेस भलेरियालाई हराउँदै अन्तिम–८ मा प्रवेश गरेकी हुन् । पलेशाले भियतनामकी भलेरियालाई ३१–० अङ्कले हराइन् । नेपालले पलेशाबाट पदकको आशा गरेको छ ।

अब पलेशाले क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना मायारा कार्डाेसो फर्नान्डेससँग खेल्नेछिन् । यो खेल आजै दिउँसो ४ बजेर ९ मिनेटमा हुनेछ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट