बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आज ठूलो पानी पर्ने सम्भावना

  • २०८१ भाद्र १६, आईतबार (२ हप्ता अघि)
  • ४२ पटक पढिएको
बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आज ठूलो पानी पर्ने सम्भावना

काठमाडौं– आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

बाँकी प्रदेशमा बदलीसहित केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बादल लागे पनि ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले काठमाडौं उपत्यकामा पानी परिरहेको छ । बिहान चितवन, खोटाङ, मोरङलगायतका जिल्लामा ठूलो पानी परेको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट