काठमाडौं– सिरहामा सर्पले डस्दा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवा नन्कारपट्टी गाउँपालिका– ३ की २० वर्षीया सरिता कुमारी सदा छन् । गएराति सुतेको बेला उनलाई गोमन सर्पले टोकेको थियो ।
सर्पले डसेपछि उपचारमा नलगी झाँक्रीकोमा लगिएको थियो । झारफुकबाट निको नभएपछि अन्तिम अवस्थामा उनलाई लहान प्रादेशिक अस्पतालमा लगिएको थियो ।
चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप