नाडा अटो सो: ८२ हजारले अवलोकन गरे, १५ अर्ब बराबरको कारोबार

  • २०८१ भाद्र १७, सोमबार (२ हप्ता अघि)
  • ४५ पटक पढिएको
नाडा अटो सो: ८२ हजारले अवलोकन गरे, १५ अर्ब बराबरको कारोबार

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको १६ औँ संस्करणको ‘नाडा अटो सो–२०२४’ सकिएको छ । काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भएको ६ दिने अटो सो हिजो सकिएको हो । अटोमोबाइल्स क्षेत्रको कुम्भमेला मानिने अटो सोमा ८२ हजार भन्दा धेरै जनाले अवलोकन गरेको आयोजकले जनाएको छ ।

Advertisement

आयोजकका अनुसार अटो सोमा अनुमानित १५ अर्ब रुपैयाँ बराबरको कारोबार हुनुका साथै ४ हजार थान चार पाङ्ग्रे र २ हजार थान दुई पाङ्ग्रे गाडी बुकिङ भएको अनुमान छ । अटो सोमा विभिन्न कम्पनीले नयाँ ब्रान्ड लन्च गर्नेदेखि उत्पादन (प्रोडक्ट) हरूमा छुट अफरसमेत ल्याएका थिए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट