सञ्चारमन्त्री गुरुङलाई बर्खास्त गर्न १७ जना पूर्वआईजीपीको माग

  • २०८१ भाद्र १८, मंगलबार (२ महिना अघि)
  • ७८ पटक पढिएको
सञ्चारमन्त्री गुरुङलाई बर्खास्त गर्न १७ जना पूर्वआईजीपीको माग

काठमाडौं– अमर्यादित अभिव्यक्ति दिएको भन्दै १७ जना पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) हरूले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बर्खास्त गर्न माग गरेका छन् ।

Advertisement

पोखरामा भएको एक कार्यक्रममा मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी ऐन कार्यान्वयन गर्न आनाकानी गरेको आरोप लगाएका प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर नेपाल प्रहरीका पूर्व महानिरीक्षकहरूको सङ्गठन ‘पूर्व प्रहरी सङ्गठन प्रमुख मञ्च’ ले आपत्ति जनाउँदै उनलाई कारबाही गर्न प्रधनामन्त्रीको ध्यानाकर्षण गराएको हो ।

विज्ञप्तिमा १७ जना पूर्व प्रहरी महानिरीक्षकको हस्ताक्षर रहेको छ । विज्ञप्तिमा मन्त्री गुरुङलाई तत्काल आफ्नो भनाइ फिर्ता लिएर नेपाल प्रहरी सङ्गठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्न तथा आउँदा दिनमा सुरक्षा निकायमाथि टिप्पणी गर्नुअघि थप सचेत रहन आग्रह गरिएको छ ।

यस्तै बहाल तथा पूर्व सुरक्षाकर्मीको मानमर्दन हुने यस प्रकृतिको घटनाका सम्बन्धमा आवश्यक कारबाही गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट