एनपीएलको एउटै फ्रेन्चाइजी साढे ३ करोड

  • २०८१ भाद्र २०, बिहिबार (२ महिना अघि)
  • ११८ पटक पढिएको
एनपीएलको एउटै फ्रेन्चाइजी साढे ३ करोड

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टिमको मालिक तय भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार खुला बिडिङ गरेको हो ।

Advertisement

नेपाल टी–२० प्रालिले ३ करोड ५७ लाखमा पोखराको फ्रेन्चाइजी लिएको हो । काठमाडौंको फ्रेन्चाइजी कान्तिपुर पब्लिकेसन्सले ३ करोड ३३ लाख ३३ हजार ३३९ रुपैयाँमा पाएको छ । जनकपुरको फ्रेन्चाइजी बोलकबोलमा २ करोड ५ लाखमा ड्रिम्स स्पोर्टसले पाएको छ । लुम्बिनीको फ्रेन्चाइजी फर्टुना हेल्थ केयरले १ करोड ८६ लाख ४ रुपैयाँमा लिँदा सुदूरपश्चिमको फ्रेन्चाइजी इम्पायर स्पोटर्सले १ करोड ६८ लाख ८८ हजार ८८८ रुपैयाँमा लिएको छ ।

चितवनको फ्रेन्चाइजी चितवन मेडिकल कलेजले १ लाख ७६ लाख एक हजार रुपैयाँ र बिराटनगरको एमएडी ड्रिम्स स्पोर्टसले १ करोड ५१ लाख रुपैयाँमा पाएको छ । सबैभन्दा कम हिमालयन बिल्डर्सले १ करोड ११ लाख ७० हजार रुपैयाँमा कर्णाली टिमको फ्रेन्चाइजी लिएको हो ।

मंसिर १५ देखि ६ पुससम्म हुने एनपीएलमा ८ टिम रहनेछन् । फ्रेन्चाइजी टिमका लागि १६ वटा आवेदन परेको थियो । खुला बिडिङ गर्दा ८ वटा फ्रेन्चाइजी कुल १६ करोड ८८ लाख ९३ हजार २३१ रुपैयााँमा बिक्री भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट